साङ्केतिक फाइल तस्वीर
काठमाडौं – देशको मौसममा यतिबेला सामान्य फेरबलद भैरहको छ । स्थानीय साथै पश्चिमी वायुको आंशिक प्रभावका कारण हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहेको छ ।

आज मङ्गलबार दिउँसो देशका पहाडी भू–भागको मौसम आंशिक बदली हुने र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रका केही स्थानका साथै बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका धेरै ठाउँमा तुवाँलोको सम्भावना रहेको छ ।