फाइल तस्वीर
काठमाडौं — नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ ।

 वैशाख कृष्ण औँसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । 

यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले तीन वटै सूर्यग्रहण बार्नु नपर्ने उहाँले बताउनुभयो । तीन वटै सूर्यग्रहणको दोष नेपालीलाई लाग्दैन ।

 कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिन्छ । यसमा भने दोष लाग्ने भएकाले बार्नुपर्छ । वैशाख ७ गते लाग्ने सूर्यग्रहण चीन, मङ्गोलियालगायत देशबाट देखिने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले मानसखण्ड करिडोर निर्माण गरिरहेकाले नेपालले पनि आफ्नो भू–भागभित्रका क्षेत्रमा काम थाल्नुपर्ने बताउनुभयो । सुदूरपश्चिममा अन्तरदेशीय सडक सञ्जाल थप गर्न भारत तयार रहेको पनि उहाँको भनाइ छ ।

“यहाँका केही स्थानमा नयाँ पक्की पुल बनाउन आवश्यक छ । नेपाल सरकारबाट प्रस्ताव आएमा हामीले यो विषयलाई उत्तराखण्ड सरकारमार्फत् अघि बढाउन सक्छौँ”, राजदूत श्रीवास्तवले भन्नुभयो । मानसखण्ड करिडोरमा धार्मिक पर्यटनको पर्याप्त सम्भावना रहेको उल्लेख गर्नुहुँदै उहाँले त्यसका लागि पूर्वाधार तयार पार्नु दुवै सरकारको पहिलो प्राथमिकता रहनुपर्ने औल्याउनुभयो ।

त्यस्तै, दुई देशबीच डिजिटल भुक्तानी प्रणालीलाई थप सहज बनाउन आवश्यक रहेको पनि राजदूत श्रीवास्तवले बताउनुभएको छ । नेपालमा भारतीय रुपैयाँ बोक्न सीमा तोकिएकाले यहाँ आउने पर्यटकलाई समस्या हुने गरेको उहाँको भनाइ छ । नेपालमा नगद भारु २५ हजारसम्म मात्रै बोक्न पाइने प्रावधानको सीमाबारे पुनर्विचार गर्न र दुई देशका डिजिटल भुक्तानी प्रणालीबीच अन्तरआबद्धता कायम गर्न नेपालले केही निर्णय लिन आवश्यक रहेको उहाँको भनाइ छ ।

 नेपाल र भारतबीच सामाजिक, साँस्कृतिकसँगै आर्थिक सम्बन्ध पनि बलियो रहेको उल्लेख गर्नुहुँदै राजदूत श्रीवास्तवले धार्मिक करिडोरमार्फत पर्यटन विस्तारलाई भारतले प्राथमिकता राखेको बताउनुभयो । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा सुख्खा बन्दरगाह छिट्टै निर्माण गर्ने विषय पनि भारतको प्राथमिकतामा रहेको उहाँको भनाइ छ ।

भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा विजय चौथाईवालेले मानसखण्ड सम्मेलनको निष्कर्ष तयार पारी नेपाल र भारत सरकारलाई उपलब्ध गराउन सुझाव दिनुभयो । यहाँको स्थानीय अर्थतन्त्र बलियो बनाउन दुई देशका विभिन्न धार्मिक सर्किटलाई मूर्तरुप दिइनुपर्ने उहाँको भनाइ छ । 

“हामी दुई सार्वभौम मुलुक हौँ । तर हाम्रो सम्बन्ध शदियौंदेखि छ । सम्बन्धलाई थप मजबुद बनाउन नयाँ आयाम खोजेर त्यसमाथि नतिजायोग्य काम गर्न जरुरी छ”, उहाँले भन्नुभयो । शिवशक्ति सर्किट, बुद्ध सर्किट, मानसखण्ड सर्किट जस्ता करिडोर निर्माणमा दुई देशको संयुक्त प्रयास आवश्यक रहेको उहाँको भनाइ छ ।

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग सम्बन्धलाई निकै महत्व दिने गरेको र नेपाल भ्रमणका क्रममा यहाँका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रमा पुगेर प्रवद्र्धनमा सहयोग गरेको उहाँले उल्लेख गर्नुभयो ।

 सम्मेलनमा धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले धार्मिक पर्यटन प्रवद्र्धधनका लागि आवश्यक पूर्वाधार निर्माण हुनुपर्नेमा जोड दिनुभयो । “हामीले बजेट छर्ने होइन । यो क्षेत्रको पर्यटन पूर्वाधारमा केन्द्रित गरी बजेट विनियोजन गरौँ । यहाँको धार्मिक पर्यटन प्रवर्द्धन गर्नसकेमा रोजगारी बढ्ने र जनजीवन पनि सुधार हुँदै जानेछ”, उहाँले भन्नुभयो ।