फाइल तस्वीर
काठमाडौं — भारीतय आयल कर्पोरेशन (आईओसी) ले नेपाललाई विक्री गर्ने पेट्रलिय पदार्थको नयाँ मूल्य पठाएको छ । आईओसीले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेल दुवैको मूल्य वृद्धि गरेको पठाएको हो ।

नेपाल आयल निगमले जनाएअनृसार आईओसीले पठाउको पेट्रोलमा प्रतिलिटर छ रुपैयाँ र डिजेलमा प्रतिलिटर एक रुपैयाँ बढेर आएको छ । नियमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार नयाँ मूल्य बढेर आएसँगै निगमको १५ दिनको नाफा घटेर करिब ६० करोड प्रक्षेपण रहेको उनले बताए । यसअघि २० चैतमा मूल्य घटाउँदा पनि १५ दिनको प्रक्षेपित नाफा ८० करोड रहेकोमा अब मूल्य बढेसँगै प्रक्षेपित नाफा घटेको प्रवक्ता ठाकुरले बताएका छन् ।

गत चैत २० गते निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएर १७५ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेर १६५ रुपैयाँ तोकेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा तेल उत्पादक देशहरुले तेलको उत्पादन कटौती गर्ने निर्णय गरेसँगै कच्चा तेलको मूल्य उकालो लागेको थियो । जसले गर्दा नयाँ मूल्य सूचीअनुसार पेट्रोल र डिजेलको मूल्य बढेर आएको निगमले जनाएको छ ।