एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली, फाइल तस्वीर
भक्तपुर — प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली बिरामी पर्नुभएको छ । अध्यक्ष ओली भाइरल ज्वरोले बिरामी पर्नुभएको हो ।

चिकित्सकहरुको सल्लाहअनुसार नेता ओलीलाई एन्टिबायोटिक औषधि चलाइएको छ । ओली बालकोटस्थित आफ्नै निवास उपचार गर्दै आराम गरिरहनुभएको छ ।

वैशाख १० गते चितवन निर्वाचन क्षेत्र नम्बर २, तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र बारा निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको चुनावी अभियानमा जाने अध्यक्ष ओलीको कार्यक्रम भाइरल ज्वरोले गर्दा अनिश्चित बनेको छ ।

अध्यक्ष ओलीले आज आईतबार सामाजिक सञ्जालमार्फत् उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारलाई विजयी गराउन पनि मतदातालाई अपील गर्नुभएको छ ।