अख्तियार दुरुपयोग अनुसन्धान आयोग, फाइल तस्वीर
काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकसहित १० जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आयोगले जनाएअनुसार सुरक्षण मुद्रण केन्द्रका नौ जना र सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेसक्याम्प, बिष्णुपुरा, रुपन्देहीका एक गरी १० जनाविरुद्ध भ्रष्टाचारको अभियोग आरोप पत्र दर्ता गरिएको हो ।
अभियोग आरोप पत्रमा उक्त कोषका कार्यकारी निर्देशक विकल पौडेलसँग ६९ करोड ८ लाख ८१ हजार आठ सय ५४ रुपैयाँ बिगो माग दावी गरिएको छ ।

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल, सि.डि.ई., इन्जिनियरिङ्ग मार्केटिंग कन्सर्न प्रा.लि., मेपटेक विल्डिंग सर्भिसेस प्रा.लि, परामर्शदाता वास्तुशिल्प एसोसिएट्स समेतका निर्देशक गरी नौ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्रमा उल्लेख गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

यसैगरी, सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेसक्याम्प, बिष्णुपुरा, रुपन्देहीका सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेन उपर घुस, रिसवत लिई भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।