फाइल तस्वीर
काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले मौसममा आंशिक बदली भएको हो ।

देशको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको मौसममा बलदी भई पहाडी भू–भागका केही स्थान र अन्य भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी भोलि आईतबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको छ। वर्षाका गतिविधि कम भएसँगै डढेलोका घटनाहरूमा वृद्धि भइरहेको र यसले प्रदूषण समेत वृद्धि भइरहेको महाशाखाको भनाई छ।