नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक, फाइल तस्वीर
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी)ले यही वैशाख नौ गते देशभर कम्युनिस्ट पार्टीको स्थापना दिवस मनाउने निर्णय गरेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौंमा केन्द्रीय कार्यक्रम गर्ने तथा प्रत्येक प्रदेश र जिल्लामा आफ्नो अनुकूलतामा कार्यक्रम गर्न मातहतका कमिटीलाई निर्देशन दिने निर्णय भएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

बैठकले पार्टीको अभिलेखबाट मुकुन्द न्यौपानेको नाम हटाउने निर्णय गरेको छ । पार्टी परित्याग गरेका नेता न्यौपानको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय बैठकमा गरिएको हो । मुकुन्द न्यौपाने, केदार न्यौपानेलगायतका एकीकृत समाजवादीका माथिल्लो तहका नेता र कार्यकताहरु पार्टी परित्याग गरी पुरानै पार्टी एमालेमा फर्किने भएका छन् ।