फाइल तस्वीर
काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष पदमा कुनै पनि उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसकेपछि बिहीबार २ बजेदेखि पुनः निर्वाचन हुने भएको छ । यसअघि बुधबार सम्पन्न निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि पुनः निर्वाचन हुन लागेको हो ।
पहिलो चरणको निर्वाचनबाट उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ दोस्रो चरणमा प्रवेश गरेका छन् । रामचन्द्र संघाइ प्रतिस्पर्धाबाट बाहिरिएका छन् । महासङ्घका अनुसार निर्वाचन प्रज्ञा प्रतिष्ठानमै हुनेछ ।