गृहमन्त्रालय फाइल तस्वीर
काठमाडौं — गृह मन्त्रालयको बढुवा समितिले नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि १३ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को नाम सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले बुधबार विज्ञप्तिमार्फत् बढुवा सिफारिसको सूचना सार्वजनिक गर्नुभएको हो ।
गृहले डीआईजीमा बढुवाका लागि सिफारिस गरेका वरिष्ठ प्रहरी उपरीक्षकहरुमा कुबेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, रविन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुबेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, सुरेन्द्रप्रसाद मैनाली, अर्चुनचन्द्र ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाल रहनुभएको छ ।