फाइल तस्वीर
काठमाडौं – नेपाली काङग्रेसको तर्फबाट सरकारजाने मन्त्रीहरुको नामको टुङ्गो लागेको छ । काङ्ग्रेसले पाएको आठ मन्त्रालयमध्ये बाँकी रहेका मन्त्री बन्नेहरुको टुङ्ग्याएको हो ।

पुष १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठन भएको सरकारले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । दश दलीय गठबन्धनको सबैभन्दा ठूलो दलले मन्त्रीको नाम टुङ्याउन नसकेपछि सरकारविस्तारमा ढिलाइ हुँदै आएको छ ।

काङ्ग्रेसले सरकारमा पठाउने नाम प्रधानमन्त्रीलाई बुझाएपछि एक दुई दिनमै मन्त्रिपरिषद् विस्तार हुनेभएको छ । काङ्ग्रेसले पाएको आठ मन्त्रालयमध्ये चार वटामा चैत १७ गते चार मन्त्रालयमा मन्त्री नियुक्त भएका थिए । संस्थापन इतर पक्षका नेता डा. शेखर कोइराला–गगन थापा समूहले कम्तीमा ३ मन्त्री पाउनुपर्ने अडान राखेपछि सभापति शेरबहादुर देउवाले आफ्नो समूहका चार नेतालाई मात्र मन्त्री बनाउनुभएको थियो ।

अब उपसभापति धनराज गुरुङ, नेताहरु एनपी साउद, मोहन बस्नेत, डिगबहादुर लिम्बु र सुरेन्द्र आचार्य मन्त्री हुनेछन् । साउद र बस्नेत संस्थापन समूहका हुन् । साउद परराष्ट्र मन्त्री बन्ने सम्भावना छ भने बस्नेतले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री दावी गर्दै आउनुभएको छ । डिगबहादुर लिम्बुलाई कानुन भनिएको छ, लिम्बुले कानुन मन्त्रालयमा रुचि देखाएका छैनन् । काङ्ग्रेसका एक नेताका अनुसार सुरेन्द्र आचार्य मन्त्री बन्ने पक्का जस्तै भएको छ ।