साङ्केतिक तस्वीर
काठमाडौं – नेपालको पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १२ हजार २२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १२१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालाहरुमा ६२० जनाको पीसीआर विधि र एक हाजार ७५७ जनाको एन्टिजेन परीक्षण विधिबाट स्वास्थ्य परीक्षण गर्दा १२१ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोनाबाट सङ्क्रमित भएका मध्ये आज बुधबार ८१ जना सङ्क्रमणबाट मुक्त भएका छन् । हाल देशभर ४४५ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।