अख्तियार दुरुपयोग अनुसन्धान आयोग, फाइल तस्वीर
पर्सा– मालपोत कार्यालय पर्साका तत्कालीन चार जना कर्मचारीहरुविरुद्ध राजस्व हिनामिनाको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरुविरुद्ध राजस्व हिनामिनाको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७२/०७३ मा मालपोत कार्यालय पर्साको प्रमुख रहेका प्रकाशप्रसाद पोखरेल, गमबहादुर विश्वकर्मा, नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरीले राजस्व नै हिनामिना गरेकोले उनीहरुविरुद्ध मुद्दा दायर भएको छ ।

तात्कालीन प्रमुख पोखरेलविरुद्ध त्रियानब्बे लाख छैसठ्ठी हजार दुई सय नौ रुपैयाँ, विश्वकर्माविरुद्द एक लाख ४१ हजार आठ सय २५ रुपैयाँ, लेखापाल चौधरी विरुद्ध ९५ लाख आठ हजार ३४ रुपैयाँ र गुप्ताविरुद्ध ९५ लाख आठ हजार रुपैंयाँ ३४ रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

नायब सुब्बा मदनप्रसाद गुप्ताविरुद्ध अरु ६ वटा मुद्दा विशेष अदालतमा विचाराधीन छन् । उनीहरुविरुद्द जग्गाको लिखत रजिस्ट्रेसन पारितका क्रममा ग्राहकले तिर्ने राजस्वको रकम र विस्तृत विवरण हिनामिना गरेको आरोप लगाई मुद्दा दाउर गरिएको अख्तियारद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।