वार्ता पछि मिटरब्याज पीडितका प्रतिनिधिहरु
काठमाडौं — आन्दोलनरत मिटरब्याजका पीडित र सरकारबीच आज वार्ताभएको छ । आन्दोलनरत मिटरब्याज पीडितका प्रतिनिधि र सरकारका प्रतिनिधिबीच आज सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा वार्ताभएको हो ।
गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको टोलीले सोमबार दोस्रो दिन पीडितहरुसँग गरेको वार्तामा दुवै पक्षले आआफ्ना धारणा राखेको पीडितहरुले बताएका छन् । आज दुई पक्षकाबीच भएको वार्ता सकारात्मक भएको बताइएको छ । यद्यपि,
मिटरब्याज पीडितका प्रतिनिधिहरुले यसअघि भएका सहमति कार्यान्वयन र पछिल्लो पटक सङ्र्घष समितिले पेश गरेका मागका बारेमा दोहोरो संवाद भएपनि सहमति हुन नसकेको बताएका छन् ।
पीडितका प्रतिनिधिले बताएअनुसार वार्ता सकारात्मक भएको भन्दै सरकारी पक्षले छलफललाई निरन्तरता दिने आश्वासन दिएको छ । मिटरब्याजीहरुले वार्ता र संवादलाई जारी राख्दै माग सम्बोधन नहुँदासम्म आफुहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।