काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सङ्घीय सरकारमाथि आक्रोश व्यक्त गर्नुभएको छ । आज शनिबार बिहान फेसबुक एकाउण्ट र पेजमा फरक–फरक स्ट्याटससहितका लेख लेख्दै सङ्घीय सरकारमाथि आक्रोश व्यक्त गर्नुभएको हो ।

महानगर प्रमुख साहले आजदेखि सिंहदरबारको फोहोर नउठाउने भन्दै सामाजिक सञ्जाल फेसबुकमा आफ्नो पेजमार्फत लेख सार्वजनिक गर्नुभएको छ । ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन’ मेयर बालेनले फेसबुक पेजमा लेख्नुभएको छ, ‘साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ ।’

त्यसैगरी आफ्नो फेसबुक एकाउण्टबाट सरकारको कुनै इज्जत नगर्ने बताउँदै ‘इण्डिया र चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन् म’ भनी स्ट्याटसस सार्वजनिक गर्नुभयो । मेयर बालेनले फेसबुक अकाउण्टबाट प्रश्न गर्दै लेख्नुभएको छ, ‘नेपाल स्वाधीन कहिले हुने ? आफ्नो अस्तित्व कहिले बनाउने ? लाज लाग्दैन ?’