प्रधानमन्त्रीको अध्यक्षमा सिंहदरबारमा बसिरहेको दिगो विकास निर्देशक समितिको बैठक
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सातै प्रदेशका मुख्यमन्त्रीसहित दिगो विकास निर्देशक समितिको बैठक बसेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दश बजेदेखि दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक बसिरहेको छ ।
बैठकमा नेपालले दिगो विकास लक्ष्यका उद्देश्यहरू हासिल गर्न गरेका प्रयासको समीक्षा, कार्यान्वयनको अवस्था, चुनौतीलगायत भावी कार्ययोजनाबारेमा छलफल भइरहेको छ ।
उक्त बैठकमा अर्थमन्त्री, सातवटै प्रदेशका मुख्यमन्त्रीहरु, राष्ट्रिय योजना आयोगका पदाधिकारीहरू, सरकारका मुख्यसचिव, जिल्ला समन्वय समिति महासङ्घ अध्यक्ष, नगरपालिका महासङ्घ र गाउँपालिका महासङ्घका अध्यक्षहरूको उपस्थिति रहेको छ ।