सर्लाही — सर्लाहीको ईश्वरपुरमा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका–३ भक्तिपुरका बलिराम बरहीका १५ वर्षीय छोरा भुवनको स्थानीय पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

बुधबारदेखि हराइरहेका किशोरको शव बिहीबार साँझ पोखरीमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बुधबार दिउँसो एक्लै साइकल चढेर घरबाट निस्किएका भूवन रातिसम्म घर नफर्किएपछि अभिभावकले प्रहरीलाई जानकारी गराएका थिए।

किशोरको शव फेला परेको पोखरीको किनारमा उनले चढ्ने गरेको साइकल र कपडा फेला परेको प्रहरीले जनाएको छ ।