प्रतिनिधिसभा बैठक, फाइल तस्वीर
काठमाडौं — प्रतिनिधिसभाको बैठकमा सांसद्हरुले जनतासँग प्रत्यक्ष सरोकारका विषयहरु उठाउँदै सरकारको ध्यानाकर्षण गरेका छन् । आाज बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बैठकमा बोल्दै सांसद माधव सापकोटा सुवोधले देशको वार्षिक बजेट कार्यान्वयन गर्न जोड दिंदै क्यालेण्डर बनाउने प्रस्ताव गर्नुभएको छ । आर्थिक वर्षको अन्तिममा मात्रै बजेट खर्च हुने प्रवृत्तिको अन्त्य गर्नुपर्ने औंल्याउँदै बजेट कार्यान्वनका निम्ति वार्षिक क्यालेडर बनाएर लागू गर्न सकिने बताउनुभको छ । सांसद् सापकोटाले प्रतिनिधिसभा बैठकमा ‘वार्षिक बजेट क्यालेण्डर बनाई प्रत्येक महिना निश्चित बजेट खर्च गर्न र सोही अनुरुप सम्बन्धित निकायको कार्यसम्पादन मूल्याङ्कन गरेर बजेट व्यवस्थावनको कमजोरी हटाउन सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु’ भन्नुभयो ।
चालु आर्थिक बर्ष सकिन तीन महिना बाँकी रहँदा २५.८८ प्रतिशत मात्रै पुँजीगत खर्च भएको महालेखा परिक्षकको कार्यालयको तथ्याङ्क रहेको उल्लेख गर्दै उनले औसत ६० प्रतिशत बजेट अन्तिम समयमा हुने गरेको बताउनुभयो ।
यसैगरी सांसद हरि ढकालले देशमा भ्रष्टाचार संस्थागत रुपमा जरैसम्म पुगेको बताउनुभयो । सांसद ढकालले विमानस्थलमा विदेशबाट शव ल्याइएका बाकसमा समेत केही गरगहना छ कि भनेर लुट्नका लागि फुटाइने गरेको भन्दै भ्रष्टाचार जरैसम्म पुगेको दावी गर्नुभयो । बैठकमा बोल्दै सांसद ढकालले ‘विदेशबाट शव ल्याउँदाखेरी एयरपोर्टमा शवको बाक्सा फोरिएको छ, केही सामान छ कि भनेर लुट्नलाई, ब्यागहरू फुटेको त जानकारी थियो । समाज कहाँ जादैछ ? समाज के बन्दैछ? कारण के हो? भ्रष्टाचार यसरी संस्थागत भएछ कि यसरी जरोसम्म पुगेछ कि शव बोकेको बाक्सा पनि एयरपोर्टमा फुट्छ । अचम्मको छ, एयरपोर्ट यताबाट लागुऔषध स्क्रिनमा देख्दैन । लागुऔषध कतारमा पुग्छ’ भन्न्भयो ।
सांसद् ढकालले गरिब चेपाङ बच्चाहरुलाई दिइने गरेको दिवा खाजामा समेत भ्रष्टाचार हुने गरेको भन्दै देशमा बेथिति मौलाएको बतानुभयो । भ्रष्टाचार यति संस्थागत भएछ कि गरिब चेपाङ कुपोषित बच्चाको दिवा खाजा लुट्छ। दिवा खाजामा भ्रष्टाचार छ।’
आजकै बैठमा सांसद प्रेम सुवालले सिक्टा सिचाइँ आयोजनामा भ्रष्टाचार भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा दोषीलाई सफाई दिने न्यायाधीशहरूलाई कारबाही गर्न माग गर्नुभयो ।