काठमाडौं — दशवर्षे जनयुद्धमा सहयात्रा गरेका यी दुई कम्युनिस्ट पार्टीबीच एकता हुने भएको छ । वैचारिक रुपमा विभाजित भएका यी दुई नेताको नेतृत्वमा रहेको पार्टी पुन एकत्रित हुने भएको हो ।
मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धमेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी(बहुमत) बीच एकता हुने बताइएको छ ।

नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा परित्याग गरी बास्तोलाले नेकपा बहुमत घोषणा गरेर अलग्गै राजनीतिक गतिबिधि गर्दै आएका थिए ।नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोलका अनुसार इच्छुक प्रतिष्ठान घट्टेकुलोमा आज दुई पार्टीका बीचमा एकीकरण घोषणा सभा हुँदै छ ।