काठमाडौं –प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक काठमाडौंको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अपराह्न १ बजे बस्ने भएको हो ।
बैठकमा कार्य व्यवस्था समितिका सदस्यलाई सभामुखले मनोनयन गर्ने सम्भावित कार्यतालिका रहेको छ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आजको बैठकमा सार्वजनिक सेवा प्रसारण विद्येयक २०७८ र सुरक्षण मुद्रण सम्बन्धि विधेयक २०७८ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देससहितको विधेयक टेबुल हुनेछ ।
यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६३ औं वार्षिक प्रतिवेदन पेश गर्नुहुने कार्यतालिका रहेको छ ।