काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७ सय ६८ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ७१ जना र एन्टिजेन विधिबाट २७ जनामा कोराना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा थप २८ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको संख्या ३ सय २२ पुगेको छ ।