उर्लाबारी — मोरङको उर्लाबारीमा अर्कै परीक्षार्थीको नाममा एसईई परीक्षा दिने नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । आज बुधबार अनिवार्य विज्ञान विषयको परीक्षा दिने क्रममा ग्रामथान गाउँपालिका –२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट २८ वर्षीय सुस्मिता लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।

नक्कली परीक्षार्थी लिम्बूले कल्पना लिम्बूको परीक्षा दिइरहेको अवस्थामा भेटेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । नरग्राम माध्यमिक विद्यालय टंकीसिनवरीकी परीक्षार्थी सिम्बल नं. ००९१२४९७ भएकी कल्पनाको परीक्षा दिइरहेको अवस्थामा सुनसरी धरान उपमहानगरपालिका वडा –५ की सुस्मिता लिम्बुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका लिम्बूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।