काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । बैठक आज अपराह्न ४ बजे बस्न लागेको हो । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने तय भएको छ ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम एवम् समसामयिक विषयहरुमा छलफल हुने बताइएको छ । बैठकमा आगामी बजेटमा सरकारले समेट्ने कार्यक्रमका विषयहरुमा पनि नेताहरुले सुझाव दिने बताइएको छ ।