राष्ट्रियसभाको बैठक, फाइल तस्वीर
काठमाडौं — राष्ट्रियसभाबाट ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’ र ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७’ सर्वसम्मतिबाट पारित भएको छ । राष्ट्रियसभाको आज मङ्गलबार बसेको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको तर्फबाट कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसालले पेश गर्नुभएको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएपछि बैठकले ति विधेयक पारित गरेको हो ।
यी दुवै विधेयक राष्ट्रियसभामा उत्पत्ति भएका थिए । राष्ट्रियसभाबाट पारित भएका यी विधेयक अब प्रतिनिधिसभामा जानेछन् । राष्ट्रियसभाको अर्को बैठक यही चैत २७ गते सोमबार अपराह्न १ बजे बस्नेगरी आजको बैठक सकिएको छ ।