राष्ट्रियसभाको बैठक, फाइल तस्वीर
काठमाडौं — राष्ट्रियसभाको जारी बैठकमा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७८/०७९ पेस भएको छ । राष्ट्रियसभाको आज मङ्गलबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. वेदुराम भुषालले सो प्रतिवेदन पेस गर्नुभएको हो ।
बैठकमा मन्त्री भुषालले लोक सेवा आयोगको त्रिसट्ठिऔं वार्षिक प्रतिवेदन २०७८÷७९ पेस गर्नुभयो । बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुभएको थियो ।