फाइल तस्वीर
काठमाडौं — विभिन्न कालखण्डमा विभाजित दश वर्षे जनयुद्धका सहयात्री नेताहरु सङ्गठितरुपमा शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायका विषयमा अन्तरक्रिया गर्नेभएका छन् । आगामी चैत २७ गते सोमबार काठमार्डौको कमलादीस्थित प्रज्ञा भवनमा उक्त मुद्दाका विषयमा माओवादीधारका नेताहरुले अन्तरक्रिया गर्ने भएका हुन् ।
माओवादी धारको यसअघिकै कार्यक्रमको निरन्तरता स्वरूप अन्तरक्रिया गर्न लागिएको नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाले जानकारी गराउनुभयो । उक्त अन्तरक्रियामा द्वन्द्वरत पक्ष र विपक्षका साथै अन्य सरोकारवालाहरुलाई पनि आमन्त्रण गरिएको बताइएको छ । अध्यक्ष बुढाले सबैपक्षसँग अन्तरक्रिया गरेर शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायको टुङ्गो लगाउन खोजिएको हो भन्नुभयो ।
दश वर्षे सशस्त्र युद्धलाई शान्तिप्रक्रियामा रुपान्तरण गर्न तात्कालीन नेपाली काङ्ग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली काङ्ग्रेस प्रजातन्त्रवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमोर्चा नेपाललगायतका सात दल र तात्कालीन विद्रोही पक्ष नेकपा माओवादीबीच भारतको नयाँदिल्लीमा २०६२ साल मङ्सिर ७ मा १२ बुँदे सम्झौता र २०६३ मङ्सिर ५ मा भएको वृहत्त शान्ति सम्झौता अनुसार शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय टुङ्गोमा पु¥याउने दायित्व राज्यपक्षकै हो ।
शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय टुङ्गोमा पु¥याउने दायित्व नेकपा माओवादीको मात्रै नभएर सिङ्गो मुलुककै दायित्व हो । शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय टुङ्गोमा पु¥याउन १२ बुँदेका हस्ताक्षरकर्ता दल र वृहत्त शान्ति सम्झौता गरेको राज्य नै सक्रिय हुनुपर्दछ । माओवादी घटकले चैत २७ गते शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय सम्बन्धी जुन अन्तरक्रिया गर्न खोजेको छ, त्यसमा सम्बन्धित सरोकार सबै निकायहरुको संलग्नताको आवश्यकता छ ।
उक्त अन्तरक्रियामा माओवादी घटकमा नेकपा माओवादी केन्द्रसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी, कर्णजीत बुढा नेतृत्वको माओवादी समाजवादी र प्रभु साह नेतृत्वको आमजनता पार्टी एक ठाउँमा उभिएका छन् ।
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत, गोपाल किराँती नेतृत्वको पार्टी र सन्तबहादुर नेपाली नेतृत्वको पार्टी माओवादी धारको बैठकमा अनुपस्थित हुने गरेका छन् । माओवादीका यी तीन धारबीच चैत २५ गते पार्टी एकता गर्ने कुरा पनि प्रकाशमा आएको छ । उनीहरु यो अन्तरक्रियामा उपस्थित हुनु अनिवार्य आवश्यकता पनि छ ।