फाइल तस्वीर
सुन्दरहरैँचा — मोरङको सुन्दरहरैँचामा केन्द्रीय कार्यालय रहेको पूर्वाञ्चल विश्वविद्यालय (पियू) को ११औँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायमा गरी छ हजार पाँच सय १३ विद्यार्थी दीक्षित भएका छन् । दीक्षान्त समारोहमा कला सङ्कायको स्नातकमा ९२ र स्नातकोत्तरमा ४३ जना सहभागी भएका जनाइएको हो।

यसैगरी कानुन सङ्कायको स्नातकमा एक सय ९९ र स्नातकोत्तरमा १०७ जना, शिक्षाशास्त्र सङ्कायको स्नातकमा तीन सय ५४ र स्नातकोत्तरमा एक सय ४८ जना, व्यवस्थापन सङ्कायको स्नातक तहमा एक हजार दुई सय ४२ र स्नातकोत्तरमा छ सय १४का साथै एमफिलमा छ जनालाई उपाधि प्रदान गरियो ।

उक्त विश्वविद्यालयका अनुसार विज्ञान तथा प्रविधि सङ्कायको स्नातकमा एक हजार दुई सय ६१, स्नाकोत्तरमा एक सय २३ जानालाई दीक्षित गरिएको थियो । चिकित्सा शास्त्रको स्नातकमा दुई हजार तीन सय १४, स्नातकोत्तर तहमा १० जनालाई उपाधि प्रदान गरिएको थियो । विसं २०५२ सालमा उक्त विश्वविद्यालय स्थापना भएको थियो ।