चितवन– एलपी ग्यास बोकेको भारतीय ट्याङ्कर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । चितवनको मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ट्याङ्कर अनियन्त्रित भई सडक छेउमा पल्टिदा टयाङकरमा सवार एक जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृतकको नाम पहिचान हुन सकेको छैन । सो दुर्घटनामा परेर अर्का एक जना गम्भीर घाइते भएका छन् भने घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।