सिद्धबाबा सुरुङ मार्ग निर्माण हुँदै, फाइल तस्वीर


पाल्पा — पाल्पा-बुटवल सडक खण्ड दैनिक नौ घण्टा बन्द हुनेभएको छ । उक्त सडक खण्डमा पर्ने सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्ने कार्य सुरु हुने भएकाले आजदेखि नौ घण्टा बन्द गर्न हुनेभएको हो ।

सो सडक खण्ड सडक बन्द गरेर आजदेखि दैनिक दुई सिफ्टमा आयोजनाको कार्य अघि बढाइने भएको छ । उक्त सडक खण्डमा पर्ने रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको निमार्ण कार्य शुरु गरेर आयोजनाको कामलाई तिब्रता दिन थालिको आयोजनाले जनाएको छ ।

निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनका अनुसार सो खण्डमा माथिबाट खुकुला ढुङ्गाहरु खस्ने हुँदा सडक सुचारू गर्न कठिना हुने र जोखिम पनि त्यतिकै हुने भएकाले हरेक दिन बिहान ११ देखि दिउँसो २ बजे र रातको १० देखि बिहान ४ बजेसम्म सडक बन्द गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी(सीडीओ) बन्धुप्रसाद बास्तोलाले बताउनुभयो ।

पाल्पाका सीडीओ बास्तोलाको अध्यक्षतामा हिजो आईतबार बसेको राजमार्ग सुरक्षा समितिको बैठकले काम सम्पन्न गर्नका लागि अर्को सूचना जारी नभएसम्म बन्द सो सडक खण्ड बन्द गर्ने निर्णय गरेको थियो । उक्त सडक खण्डबाट हिड्नै पर्ने एम्बुलेन्स, पेट्रोलियम पदार्थ बोक्ने टयाङ्करलगायत अत्यावश्यक सवारीसाधनलाई भने मिलाएर सञ्चालनमा गर्ने पनि बैठकले निर्णय गरेको छ ।

सोही निर्णय अनुसार आजबाट सो सडक खण्ड दुईसिफ्ट गरी दैनिक घण्टा सडक बन्द गर्ने निर्णयसँग सार्वजनिक सूचनासमेत जारी गरिएको छ ।