केन्द्रीय कार्यसम्पादन समितिको बैठक, फाइल तस्वीर


काठमाडौं — वैशाख १० गते हुने बारा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचन नेपाली काङ्ग्रेसले जनता समाजवादी पार्टी (जसपा) नेपाल लाई सघाउने भएको छ । काङ्ग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बिहान सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी नेपालका उम्मेदवारलाई सघाउने निर्णय गरेको हो ।

बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी नेपालले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनाउने निर्णय गर्नेभएको छ । सत्ता गठबन्धनको तर्फबाट यादव नै उम्मेदवार बन्नुहुने निश्चित प्रायः छ ।