नवनियुक्त उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पदभार ग्रहण गर्नुहुँदै


काठमाडौं — नवनियुक्त उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पदभार ग्रहण गर्नुभएको छ । सिंहदरबारस्थित रक्षामन्त्रालय पुगेर नवनियुक्त उपप्रधान तथा रक्षामन्त्री खड्काले आजैबाट पदभार ग्रहण गर्नुभएको हो ।

आजै नियुक्त हुनुभएको अन्यमन्त्रीहरुले पनि आ–आफ्नो मन्त्रालय पुगेर जिम्मेवारी लिंदै पदभार ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज शुक्रबार दिउँसो मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको थियो ।

नवनियुक्त उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासहित ११ जना मन्त्रीहरुले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएका हुन् । उहाँहरु सबैले पद तथा गोपनीयताको शपथ लिएपछि आ–आफ्नो मन्त्रालय पुगेर कार्यभार सम्हाल्नुभएको हो ।

नवनियुक्त उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का पदभार ग्रहण गर्दै आफूले महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएको गरेको भन्दै राष्ट्रको सुरक्षाको लागि आफु प्रतिबद्ध भएर काम गर्ने बताउनुभएको छ ।