जसपा अध्यक्ष उपेन्द्र यादव, फाइल तस्वीर
काठमाडौं — जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठकले सरकारमा जाने मन्त्रीहरु छान्ने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । आज बिहीबार बसेको पार्टी संसदीय दलको बैठकले अध्यक्ष यादवलाई यस्तो अधिकार दिएको हो ।
आज बिहान गठबन्धन दलको बैठकमा भएको छलफलका बारेमा अध्यक्ष यादवले दलको बैठकम पार्टीले दुई मन्त्री र एक राज्यमन्त्री पाउने गरी गठबन्धनमा छलफल भएको जानकारी गराउनुभएको थियो । सोहीअनुसार गठबन्धनमा छलफल भएको र आजै दलहरुसँग छलफल गरेर अन्तिम टुङ्गो लाग्ने अध्यक्ष यादवले जानकारी दिनुभयो ।
जनता समाजवादी पार्टीले सरकारमा जाने मन्त्रीको नाम सन्तुलन मिलाएर आजै प्रधानमन्त्रीलाई बुझाउने एक नेताले बताएका छन् ।