एकीकृत समाजवादीका नेता बेदुराम भुसाल, फाइल तस्वीर


काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पहिलो चरणमा महासचिव बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वालाई सरकारमा पठाउने भएको छ । उक्तकुराको जानकारी पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले गराउनुभएको हो ।

नेता भुसाललाई पहिले कृषि मन्त्रालयको जिम्मेवारी दिने भनिएकोमा पछि उहँले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा इच्छा देखाएपछि सो मन्त्रालयको जिम्मेवारी पाउनुहुने भएको ।

यसैगरी उपमहासचिव प्रकाश ज्वालालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीमा लगिने छ । माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपप्रधान तथा सोही मन्त्रालय सम्हाल्दै आउनुभएको छ । उपप्रधानमन्त्री श्रेष्ठले अब गृहमन्त्रालयको जिम्मेवारी पाउनुहुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिमण्डल विस्तार गर्नुहुने तयारी स्वरुप गठबन्धनका दलहरुले आज मन्त्रिहरुको नाम प्रधानमन्त्रीलाई बुझाउन सबै दलको शीर्ष नेताहरुलाई आग्रह गर्नुभएको छ । मन्त्रीहरुको आज साँझसम्ममा नियुक्ति हुने र भोलि बिहान पद तथा गोपनीयताको शपथ ग्रहण हुने गठबन्धन दलका एक नेताले बताएका छन् ।