वार्ताबाट निकिस्दै मिटरब्याज पीडितका वार्ता टोलीहरु, तस्वीर
काठमाडौं – आन्दोलनरत मिटरब्याज पीडित र सरकारबीच र्वाता भएको छ । वार्ता आज दिउँसो गृह मन्त्रामलयमा भए हो ।
गृह मन्त्रालयमा भएको वार्तामा पीडित पक्षका प्रतिनिधि र सरकारकातर्फ वार्ता टोलीका संयोजक एवम् गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मासहितको टोलीबीच वार्ता भएको हो । सरकार र पीडित पक्षले वार्तामा आ–आफ्ना भनाइहरु राख्नुभएको थियो ।
वार्ता आजै बिहीबार साँझ पुनः बस्ने सहसचिव रुद्रादेवी शर्माले बताउनु भयो । मिटरब्याज विरुद्धको सङ्घर्ष समितिका संयोजक मनोज पासवानका अनुसार अर्को वार्ता आजै साँझ ६ बजे बस्नेछ ।
सो अवसरमा संघर्ष समितिले प्रधानमन्त्री सम्बोधनगरी लेखिएको ९ बुँदे माग सरकारी वार्ता टोलीका संयोजक सहसचिव शर्मालाई बुझाएका थिए ।
मिटरब्याज सङ्घर्ष समितिले यसअघि मिटरब्याज अपराधन नियन्त्रण कार्यदलबाट प्रस्तुत प्रतिवेदन समेत अध्ययन गर्न र अन्य पीडितहरुसँग पनि छलफल गर्न समय मागेकाले बेलुका पुनः वार्ता गर्ने गरी दिउँसोको वार्ता स्थगित भएको पीडित पक्षका संयोजक पासवानले जानकारी गराउनुभयो ।
संयोजक पासवानले भन्नुभयो — ‘वार्ता ठीकै रह्यो, हामी सरकारसँग आशावादी छौं, जफल भएको जमिन फिर्ता गरिनुपर्छ, मुद्दा लागेका पीडितको मुद्दा खारेज हुनुपर्छ, सबै समस्या समाधान गर्ने आयोग गठन गर्नुपर्छ ।’