लोसपाका नेता शरतसिंह भण्डारी, फाइल तस्वीर


काठमाडौं — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नेता शरतसिंह भण्डारीलाई सरकारमा पठाउने निर्णय गरेको छ । पार्टीको सर्वसम्मत बैठकले शरतसिंह भण्डारीलाई सरकारमा पठाउने निर्णय गरेको हो ।

लोसपाकोतर्फबाट भण्डारी मन्त्री बन्ने निश्चित भएको सो पार्टीका एक नेताले राससलाई जानकारी दिनुभयो । ‘नेता भण्डारी पार्टीकोतर्फबाट मन्त्री बन्ने निश्चित भएको छ, यो सर्वसम्मत निर्णय हो’, उहाँले भन्नुभयो ।

सत्तासाझेदार दलको भागबण्डामा लोसपालाई एक मन्त्रालय परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ । आज साँझसम्ममा मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ ।