सञ्चारमन्त्री रेखा शर्मा, फाइल तस्वीर ।

काठमाडौं – सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अब छिट्टै सरकारले पूर्णता पाउने दावी गर्नुभएको छ । रिपोटर्स क्लबको २५औं वार्षिकोत्सवका अवसरमा अज बुधबार राजधानस्मा आयोजित कार्यक्रममा बोल्दै मन्त्री शर्माले छलफल सहमतिको अन्तिम चरणमा पुगेको र एक–दुई दिनभित्रै सरकारले पूर्णता पाउने बताउनुभएको हो ।

मन्त्री शर्माले पुरानो गठबन्धन नरहेको र नयाँ गठबन्धन निर्माण भएको हुनाले सरकार निर्माण प्रक्रियामा केही ढिलाइ भएको भन्नुहुँदै सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय लामो समयदेखिको भएको हुनाले यसलाई छिटो निष्कर्षमा पुर्याउन संसदमा विधेयक गइसकेका जानकारी गराएको भएको थियो । मन्त्री शर्माले ‘शान्ति प्रक्रियाको बाँकी काम छिटो टुङ्गोमा पुर्याउन सरकार लागिरहेको छ । पीडितलाई न्याय दिन संसदमा विधेयक पेस भएको छ’— भन्नुभयो ।