गृह मन्त्रालय, फाइल तस्वीर
काठमाडौं — गृह मन्त्रालयले चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । रिक्त भएको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्न डीआईजीको नाम सिफारिस गरिएको हो ।

मन्त्रालयमा आज सोमबार बसेको बढुवा समितिको बैठकले एआईजीको लागि बढुवा सिफारिसमा डीआईजीहरु सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङको नाम रहेको छ ।