पदाधिकारी बैठक, फाइल तस्वीर
काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पदाधिकारी बैठक बस्दैछ । बैठक धुम्बाराहीस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने भएको हो ।
पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार आजको बैठकमा आगामी वैशाख १० गते तनहुँ निर्वाचन क्षेत्र नम्बर –१, चितवन निर्वाचन क्षेत्र नम्बर –२ र बारा निर्वाचन क्षेत्र नम्बर –२ मा हुने उपनिर्वाचनकाबारे छलफल हुनेछ ।
यसैगरी पार्टीको आगामी केन्द्रीय समितिको बैठकको तयारीको विषयमा पनि छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । आजकै बैठकमा पार्टीका साङ्गठनिक र विविध विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुने बताइएको छ ।