काठमाडौं — साताको दोस्रो दिन नेपाली बजारमा आज सुनको मूल्यमा प्रतितोला दुई सय रूपैयाँले गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला एक लाख नौ हजार दुई सय रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख नौ हजार रूपैयाँ तोकिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख नौ हजार रूपैयाँ छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख आठ हजार पाँच सय रूपैयाँ छ । अघिल्लो दिन तेजाबी सुनको मूल्य एक लाख आठ हजार सात सय रूपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रूपैयाँले घटेर एक हजार तीन सय ६० रूपैयाँमा आएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।