फाइल तस्वीर
काठमाडौं — बालिका बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिम खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाई आज हुँदैछ । उक्त मुद्दाको अन्तिम सुनुवाइका लागि काठमाडौं जिल्ला अदालतमा आज पेसी तोकेको हो ।
काठमाडौं जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा पठाएकामा सन्दीपलाई पाटन उच्च अदालतले सशर्त २० लाख रुपैयाँ धरौटीमा छोडेको थियो । काठमाडौ जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लगाएकी बालिकाले अन्तरिम राहत दिन माग गर्दै दायर भएको रिटमाथि अन्तिरिम राहन दिन नपर्ने अदालतले ठहर गरी मागलाई अस्वीकार गरेको थियो ।
जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले शुक्रबार उक्त आदेश गरेको हो । यस्तै, अन्तिम फैसलाका लागि सबै अङ्ग पुगिसकेकाले फैसलाकै समयमा उक्त विषयको टुंङ्गो लगाइने आदेशमा उल्लेख छ ।