केन्द्रीय कार्यसम्पादन समितिको बैठक, फाइल तस्वीर
काठमाडौं — नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नेभएको छ । सरकारमा पठाउने मन्त्री र उपनिर्वाचनमा उठाउने उम्मेदवार टुङ्गो लगाउन काङ्ग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बिहान ९ बजे बस्नेगरी बोलाएको हो ।

बैठक भोलि मङ्गलबार बिहान ९ बजेको लागि बोलाइएको काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । ललितपुरको सानेपास्थित पार्टी मुख्यालय बीपी स्मृति भवनमा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहनेछ ।

यसअघि ११ गते शनिबार बिहान काठमाडौंको धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा काङ्ग्रेस सरकारमा जाने सैद्धान्तिक सहमति गरेको थियो । भोलि बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा जाने मन्त्री र उपनिर्वाचनमा उठाउने उम्मेदवारको टुङ्गो लगाउने बताइएको छ।