फाइल तस्वीर
काठमाडौं — पश्चिमी वायुको प्रभावले देशको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै भू–भागका साथै बाँकी पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना मौसमविद्ले बताएका छन् ।

भोलि मङ्गलबार पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्य बदली, देशका बाँकी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि पनि देशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।