काङ्ग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी, फाइल तस्वीर
दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी अल्पमतमा परेपछि नेपाली काङ्ग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीको लागि दाबी पेस गर्नुभएको छ । नेकपा माओवादी केन्द्र लगायत प्रदेशसभामा प्रतिनिधित्व गरेको ६ दलले मुख्यमन्त्री गिरीलाई दिएको समर्थन फिर्ता लिएलगत्तै चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो ।

मुख्यमन्त्री गिरीले पद नछाड्दै काङ्ग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता चौधरीले प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर ५३ जना सांसदको हस्ताक्षरसहितको पत्र बुझाउनुभएको छ । कुल ८७ जना प्रदेशसभा सदस्य रहेको सिट रहेको लुम्बिनी प्रदेशमा सरकारले विश्वासको मत लिन कम्तिमा पनि ४४ मत आवश्यक पर्दछ ।

प्रदेश प्रमुखलाई आज आईतबार बुझाइएको पत्रका ५३ जना सांसदहरुको समर्थन काङ्ग्रेसका चौधरीलाई रहेको छ । यस आधारमा चौधरी मुख्यमन्त्री बन्ने पक्का जस्दै देखिन्छ । प्रदेश प्रमुख शेरचनसमक्ष पेस गरिएको पत्र संविधानअनुसारको प्रक्रियामा लैजाने हुन्छ ।