नेपाल प्रहरीका आईजीपी कुँवर दर्ज्यानी चिह्न लगाउँदै
काठमाडौं — नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले आज दर्ज्यानी चिह्न लगाएका छन् । उनलाई गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले आज आईजीपीको दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।
गत शुक्रबारको मन्त्रिपरिषद बैठकले कुँवरलाई नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
नवनियुक्त आईजीपी कुँवरले प्रहरीको आन्तरिक शुद्धीकरण आफ्नो प्राथमिकता हुने बताएका छन् । हालको ३० वर्षे सेवा अवधि कायमै रहे उनले एक वर्ष प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।
१२ चैत, धनगढी । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले आज दर्ज्यानी चिह्न लगाएका छन् । उनलाई गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले आज आईजीपीको दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।
गत शुक्रबारको मन्त्रिपरिषद बैठकले कुँवरलाई नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
नवनियुक्त आईजीपी कुँवरले प्रहरीको आन्तरिक शुद्धीकरण आफ्नो प्राथमिकता हुने बताएका छन् । हालको ३० वर्षे सेवा अवधि कायमै रहे उनले एक वर्ष प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।ले आज दर्ज्यानी चिह्न लगाउनुभएको छ । नवनियुक्त आईजीपी कुँवरलाई गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले आईजीपीको दर्ज्यानी चिह्न लगाइदिनुभएको हो ।
मन्त्रिपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक कुँवरलाई नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो । नेपाल प्रहरीको ३० औं प्रहरी प्रमुखको जिम्मेवारी पाउनुभएका महानिरीक्षक कुँवरले प्रहरीको आन्तरिक शुद्धीकरण आफ्नो प्राथमिकता हुने बताउनुभएको छ ।
नेपाल प्रहरीमा लो प्रोफाइलमा रहेर काम गर्दै आउनुभएका आईजीपी कुँवरलाई नेपाल प्रहरीमा दक्ष प्रहरी अधिकृतका रुपमा लिइदै आएको थियो । प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएको एक साता नवित्दै कुँवर नेपाल प्रहरीको प्रमुख बन्नुभएको हो ।