फाइल तस्वीर
तुलसीपुर — दाङ तुलसीपुरस्थित दिदी घरमा आश्रय लिएका बालबालिकालाई डेनमार्कका नागरिकले अङ्ग्रेजी सिकाउन थालेका छन् । उक्त संस्थाले साहाराविहीन बालबालिकालाई आश्रय दिइरहेको संस्थाका अध्यक्ष स्यानी चौधरीले बताउनुएको हो ।

तुलसीपुर उपमहानगरपालिका–१३ बखरियास्थित ‘बोइज शाखा’मा दुई जना डेनमार्कका नागरिक ल्याएर बालबालिकालाई अङ्ग्रेजी सिकाउन थालिएको अध्यक्ष चौधरीले बताउनुभयो । “ बालबालिकाको अङ्ग्रेजी शिक्षा राम्रो बनाउन मैले डेनमार्कबाट दुई जनालाई बोलाएकी हुँ”, उहाँले भन्नुभयो, “उहाँहरु दुई महिना बसेर शिक्षा दिनुहुनेछ ।”

अहिले संस्थाले १० छात्रलाई बखरियामा राखेको छ भने तुलसीपुर–६ डुम्रीगाउँमा २२ छात्रालाई राखिएको छ । थोमस र एडमले बालबालिकालाई शिक्षा दिइरहनुभएको छ ।