फाइल तस्वीर

काठमाडौं — गठबन्धन दलका मुख्य चार दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । सरकारका न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न मुख्य चार दलको बैठक बालुवाटारमा बसेको हो ।

बैठकमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) सहभागी छन् ।

बैठकमा नेपाली काङ्ग्रेसबाट दलका प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र जनता समाजवादी पार्टी नेपालबाट नेता राजेन्द्र श्रेष्ठको सहभागिता रहेको छ । दोस्रो तहका नेताहरुले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गरेपछि शीर्ष नेताहरुबीच पुनः छलफल गरी टुङगो लाग्नेछ ।

यसअघि मन्त्रिपरिषद् विस्तारबारे समझदारी जुटाउन बुधबार चारै दलका शीर्ष नेताहरुको बैठक बसेको थियो । बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल सुरुभैसकेको छ । एक नेताका अनुसार सरकारलाई विश्वासका मत दिएका दलहरु मध्ये कसले कति र कुन–कुन मन्त्रालय लिने भन्ने बारेमा छलफल भै नसकेको बताइएको छ ।