काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल र चीनका राजदूत छन सोङबीच शिष्टाचार भेटवार्ता भएको छ । उहाँहरुबीच आज शीतल निवासमा भेटवार्ता भएको हो ।

भेटका क्रममा नेपाल र चीनबीच रही आएको द्विपक्षीय सम्बन्ध, पारस्पारिक हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले एक विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।