प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, फाइल तस्वीर
काठमाडौं — राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिंदै हुनुहुन्छ । राष्ट्रियसभाको बैठकमा पेश भएको जातीय छुवाछूतविरुद्धको सङ्कल्प प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिनुभएको हो ।

राष्ट्रियसभाका सांसद भुवन सुनार प्रस्तावक रहनुभएको सङ्कल्प प्रस्तावकको समर्थकमा सुरेश आले मगर, गोपीबहादुर अछामी, तुलप्रसाद विश्वकर्मा, नरपति लुहार, सिंहबहादुर विश्वकर्मा, जगतबहादर पार्की, राधेश्याम पासवान, जगप्रसाद शर्मा, जितेन्द्रनारायण देव, प्रमिला कुमारी, प्रकाश पन्थ, देवेन्द्र दाहाल, भगवती न्यौपाने, जयन्तीदेवी राई, तारामान स्वाँर, विमला घिमिरे, मायाप्रसाद शर्मा, गङ्गाकुमार बेलवासे रहनुभएको छ ।

राष्ट्रियसभामा जातीय भेदभाव, छुवाछूत, बलात्कार, हत्या, दमन, शोषणजस्ता उत्पीडनविरुद्धको सङ्कल्प प्रस्ताव माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुभएको छ ।

सांसद सुनार प्रस्तावक रहनुभएको सङ्कल्प प्रस्तावमा विभिन्न १९ वटा विषयमा सरकारलाई निर्देशन दिन राष्ट्रियसभा बैठकमा माग गरिएको छ । सङ्कल्प प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिनुभएको छ ।