फाइल तस्वीर
काठमाडौं — लोकतान्त्रिक समाजवादी पार्टीले शीर्ष नेताहरुको बैठक बस्दैछ । सरकारमा जाने र आगामी वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

लोसपाका एक नेताका अनुसार बैठकमा उपनिर्वाचन, सरकारमा सहभागी, पार्टी सङ्गठन विस्तारलगायतका विषयमा छलफल हुनेछ । बारा निर्वाचन क्षेत्र नम्बर २ मा हुने वैशाख १० गते हुने उपनिर्वाचनमा लोसपाले नवलकिशोर सिंहलाई उम्मेदवार बनाउने तयारी गरिरहेको छ । सत्ता गठबन्धनले एक जना मात्र साझा उम्मेदवार बनाउने सहमति गरेको खण्डमा लोसपाले उम्मेदवारी नदिने एक नेताले बताए ।

लोसपा सरकारमा सहभागी हुने निश्चित प्राय छ । सरकारमा कसलाई पठाउने र कुन मन्त्रालय लिने भन्ने विषयमा पनि पार्टी शीर्ष नेताहरुको बैठकमा छलफल हुनेभएको छ ।