फाइल तस्वीर
काठमाडौं — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले अर्थशास्त्र लगायतका विषयमा आफ्ना नेताहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम दिन सुरु गरेको छ । माओवादी केन्द्रले देशका सबै ७७ जिल्ला, प्रदेश, गैर–भौगौलिक जिल्ला र प्रदेश कमिटीबाट १५७ जनालाई तालिम दिने व्यवस्था गरेको हो ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज मङ्लबार उक्त तालिमको उद्घाटन गर्नुभए छ । सो तालिम आज चैन ७ गतेदेखि ११ गते शनिबारसम्म चल्ने माओवादी केन्द्रे जनाएको छ । प्रशिक्षक प्रशिक्षण तालिममा भोलिदेखि दर्शन अर्थशास्त्र, कार्यदिशा, विश्व अर्थव्यवस्था, विज्ञान, प्रविधि, महिला, जातीयता, समावेशितासँग सम्बन्धित विषय, योजना निर्माण र बजेट विनियोजन लगायतका विषयमा विज्ञबाट तालिम दिइने छ ।

यस अघि माओवादी केन्द्रले गत माघ २६ गतेदेखि चैतभर २ महिने सङ्गठनात्मक सुदृढीकरण अभियान चलाएको थियो । पार्टीलाई मजबुद बनाउन देशभरीसङ्गठनात्मक सुदृढीकरण अभियान हो ।