फाइल तस्वीर

तुल्सीपुर– दाङको तुलसीपुर बजारका धेरै पसल अनुगमन गर्दा अधिकांश पसलमा मूल्यसूची नै नराखेको पाइएको छ । पसलमा अनिवार्य मूल्यसूची राख्नुपर्ने प्रावधान भए पनि यसो गरेको नपाइएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा सेनले जानकारी दिनुभएको हो ।

मूल्यसूची नराखेका पसललाई मूल्यसूची राख्न लगाउने गरेकोे प्रमुख सेनले बतानुभयो । उपभोक्ताले मूल्यसूचीका बारेमा जानकारी पाउनुपर्ने र यसलाई अनिवार्य बनाउन लगाइने उनले बताउनु भयो ।

त्यस्तै अनुगमनका क्रममा म्याद गुज्रेका सागम्री पनि भेटिने गरेको जनाइएको छ । म्याद गुज्रेका सामग्रीले मानवको स्वास्थ्यमा धेरै असर गर्ने जनाउँदै यस कुरामा पसल सञ्चालकले ध्यान दिनुपर्ने जानकारी दिइएको छ ।

अनुगमनका क्रममा केही पसल दर्ता नभई सञ्चालन गरिएको पाइएका र त्यस्ता पसललाई दर्ताका लागि सम्बन्धित निकायमा पठाउने गरिएको प्रमुख सेनले जानकारी दिनुभयो । पछिल्लो समय तुलसीपुरमा बजार अनुगमनलाई तीव्र पारिदै आएको छ ।